काठमाडौं । कोरोना संक्रमितको सँख्या बढ्न थालेपछि स्वास्थ्य विभागले काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण तयारी थालेको छ ।
स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताए ।
बिहीबारदेखि नै सर्वसाधारणको कोरोना भाइरसको परीक्षण गरिने श्रेष्ठले बताएका छन् ।
विभागले शुरुमा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीको परीक्षण गर्ने तयारी गरेको छ ।
काठमाडौंमा १० हजार जनाको परीक्षणको तयारी गरिएको छ । तर किटको अभाबका कारण उनले भनेजस्तो एकैपटक कोरोना परिक्षण भने असम्भव छ।
Leave a Reply