Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • शौचालय सार्वजनिक प्रयोगमा दिन काठमाडौं महानगरपालिकाको आग्रह

    शौचालय सार्वजनिक प्रयोगमा दिन काठमाडौं महानगरपालिकाको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । होटल, रेष्टुरेन्ट, बैंकलगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिन इच्छुकले ७ दिनभित्र सम्पर्क गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।

    शौचालयमा सर्वसाधारणको सहज पहुँचका महानगर क्षेत्रभित्र रहेका होटल तथा रेष्टुरेण्टहरुको शौचालय प्रयोग गर्न सकिने महानगरले १६ जेठको नगरकार्यपालिका बैठकमा निर्णय गरेको थियो ।



    महानगरले आइतबार सार्वजनिक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्था लगायतलाई यसका लागि आह्वान गरेको छ ।



    इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार