Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कैलालीबाट एक हजारका ३८ थान नक्कली नोटसहित तीनजना पक्राउ

    कैलालीबाट एक हजारका ३८ थान नक्कली नोटसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा एक हजारका ३८ थान नक्कली नोटसहित तीजना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित तीनजना पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेहरूमा उपमहानगरपालिका ७ बस्ने सुमित्रा राना, वडा नम्बर ८ बस्ने चन्द्रा बोहरा र वडा नम्बर २ सन्तोषी टोल डेरा गरी बस्ने रितु चौधरी रहेका छन् । यद्धपी जिल्ला प्रहरी कार्यालय कैलालीले सो कारोबारमा ४ जना संलग्न रहेको पाइएको जनाइएको छ ।



    डिएसपी बेदप्रकाश जोशीका अनुसार ती मध्ये एकजना मुख्य व्यक्ति फरार रहेका छन् । उक्त स्थानमा सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेका हो ।



    थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट भेटिएका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार