काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा राजनीतिक दलका उम्मेदवारले महानगरमा पराजय भोग्नु परेको बताएका छन् ।
शनिबार उनले काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताएका हुन् ।
उनले नेपाली कांग्रेस र एमालेले जनताको चाहनाविपरीत उम्मेदवार खडा गरी हेपेका कारण राजनीतिक दलको उम्मेदवार महानगरको प्रमुख बन्न नसकेको बताए ।
उनले भने-‘कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो । किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँहरु उपयुक्त थिएनन् । आउटेडेट भइसकेका थिए । अहिले कांग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन । ती भन्दा उपयुक्त धेरै मान्छेहरु थिए ।’
जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको उनको भनाई छ ।
Leave a Reply