Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • निर्वाचनमा गठबन्धनले विश्वासघात गरेको नेकपा एसको निष्कर्ष, पाँच दलमा छलफल गरिने

    निर्वाचनमा गठबन्धनले विश्वासघात गरेको नेकपा एसको निष्कर्ष, पाँच दलमा छलफल गरिने

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका क्रममा गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको निष्कर्ष निकालेको छ ।

    स्थानीय तह चुनावको समीक्षाका लागि शनिवार बसेको सचिवालय बैठकमा नेताहरूले आफूहरू गठबन्धनप्रति इमानदार भए पनि अन्य दलबाट अपमान भएको जनाइएको हो ।



    एकीकृत समाजवादीले यस विषयलाई पाँच दलमा छलफलमा विषय बनाउने पनि जनाएको छ ।



    गठबन्धनका अन्य दलबाट धोखा भएको अनुभव भएको भन्दै उपमहासचिव डा. गंगालाल तुलाधरले देशभरी संगठन हुँदा पनि आफूहरूले गठबन्धनमा विश्वास गरेर थोरै ठाउँमा मात्र उम्मेदवारी दिँदा विश्वासघात भएको बताए ।

    बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षा हुन नसकेको भन्दै सातै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाएको छ । ती नेताले पाँच दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्ने तुलाधरले जानकारी दिए ।

    बैठकले प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, वागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा डा. विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा महासचिव डा. बेदुराम भुसाललाई सूचना संकलनको जिम्मा दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार