काठमाडौं । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका प्रिन्सिपल पक्राउ परेका छन् ।
उक्त शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेतले बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा अभिभावकहरुले आन्दोलन गरेपछि प्रहरीले सोधपुछका लागि भन्दै प्रिन्सिपललाई पक्राउ गरेको जनाएको छ ।
यद्यपी यौन दुर्व्यवहारको आरोप लागेका होस्टल वार्डेन बस्नेत भने फरार छन् । अहिले पनि विद्यार्थीका अभिभावकहरुले अभियुक्तमाथि कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
महानगरीय प्रहरी वृत्त बौद्धले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ सिवकोटी र उनकी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
आरोपित वार्डेन बस्नेतको खोजीकार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । पीडित भनिएका छात्राहरु ९ देखि १२ वर्ष उमेर समूहका छन् ।
Leave a Reply