काठमाडौं । कपिलवस्तुमा ६ वर्षीया बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा ति बालिकामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालकया सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आजै काठमाडौं चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
आज संक्रमण पुष्टि भएका दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेको डा. अधिकारीले जानकारी दिए ।
Leave a Reply