Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नारायणी अस्पतालकी नर्सलाई पनि कोरोना संक्रमण

    नारायणी अस्पतालकी नर्सलाई पनि कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 1.3K
    SHARES

    काठमाडौं- वीरगञ्जमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएकी एक महिला नारायणी अस्पतालकी नर्स भएको पाइएको छ । नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका एक चिकित्सकका अनुसार कोरोनाका विरामी को उपचारमा खटिएकी ३६ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएकी ती नर्सको ड्युटीमा खटिएर क्वारेन्टाइनमा रहेको १० औं दिनमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । तर १५ दिनमा फेरी परीक्षण गर्दा कोरोनाको रिपोर्ट पोजेटिभ आएको ती डाक्टरले जानकारी दिए



    बुधबार साँझ पर्साका तीन जनमा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्य ३६ र ७४ वर्षीय पुरुष,३६ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार