Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आइसोलेसन वार्डबाट भाग्‍ने कोरोना संक्रमित लागूऔषध मुद्दाका थुनुवा

    आइसोलेसन वार्डबाट भाग्‍ने कोरोना संक्रमित लागूऔषध मुद्दाका थुनुवा

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.8K
    SHARES

    फाइल तस्विर

    वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डबाट बुधबार भागेका २ संक्रमित मध्ये १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    पर्साको विन्दवासीनी गाउँपालिकाको बहुअर्वाभाठा घर भएका संक्रमित २८ वर्षीय राजनाथ यादवलाइ प्रहरीले नियन्त्रणमा लिएको हाे। अस्पतालबाट भागेर खेतको बाटो हुँदै पैदल बहुअर्वाभाठा जादै गरेका यादवलाई प्रहरीले वीरगन्ज शहर बाहिरको तिलावे खोलाको पुल नजिकको खेतबाट नियन्त्रणमा लिएको हो। यादव लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवा पनि हुन्।



    लागूऔषध मुद्दामा पक्राउ परि जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा राखिएका यादवलाई मंगलवार कोरोना पुष्टि भएपछि मंगलवार बेलुकी नै अस्पतालको आइसोलेसनमा लगेर राखिएको थियो। यादवसँगै अस्पतालबाट फरार भएका अर्का संक्रमित वीरगन्ज १६ इनर्वाका ४४ वर्षीय जाबेद मियाको भने खोजी कार्य भइरहेको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले बताइन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार