काठमाडौं । तारा एयरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित गरेको छ ।
एयरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गरेको हो ।
यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एअरले विशेष कारणवश पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
गएको आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना भएको थियो ।
दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको निधन भएको थियो ।
Leave a Reply