एजेन्सी । यूईएफए नेसन्स लिग समूह ‘बी’ को खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् ।
एक गोलले पछि परेको अवस्थामा रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगल हारबाट जोगिएको छ ।
गएराति भएको खेलमा अल्भारो मोराटाले खेलको २५ औँ मिनेटमा गोल गरेका थिए । तर स्पेनले अग्रता जोगाउन सकेन । पोर्चुगलका होर्टाले खेलको ८२ औँ मिनेटमा बराबरी गोल फर्काए ।
यो बराबरीपछि लिग ए समूह ‘बी’ मा दुवै टोलीले समान एक/एक अङ्क जोडेका छन् । गोल अन्तरका आधारमा पोर्चुगल दोस्रो तथा स्पेन तेस्रो स्थानमा छ ।
Leave a Reply