Online Nepal
  • बुधबार, १० पुष २०८१
  • उपसभामुखको कुर्सीले महिला खोजिरहेको छ : सांसद पाल

    उपसभामुखको कुर्सीले महिला खोजिरहेको छ : सांसद पाल

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । नेकपा एमालेकी सांसद निरुदेवी पालले उपसभमुख कहिले चयन हुने हो भनेर प्रश्न गरेकी छन् ।

    सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि बिहीबार छलफल गर्ने क्रममा प्रतिनिधिसभामा सांसद पालले महिलालाई अगाडि बढाउने नीति ल्याएको गठबन्धन सरकारले महिलालाई नेतृत्वमा आउने अवसरबाट वञ्चित गरेको बताइन् ।



    सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारले बजेटमा ुमहिला पहिलाु भन्ने योजना ल्याएको छ । त्यो योजनाको व्यवहारमा कार्यान्वयन गर्न सरकार तम्तयार नरहेको पालको भनाइ थियो ।



    ‘७ सय ५३ स्थानीय निकायमध्ये १ सय ५९ नगरपालिकामा प्रमुखरउपप्रमुखहरू पुरुष हुनुहुन्छ । गठबन्धनका कारण संविधानले दिएको अधिकारबाट महिला वञ्चित हुनुपर्‍यो,’ उनले भनिन्, ‘नारामा ‘महिला पहिला’ क्या गजब १ नारामा लेखिदिए पुग्ने । सभामुख महोदय, ‘महिला पहिला’ साँच्चिकै व्यवहारमा लागू गर्नका लागि बनाएको नारा हो भने उपसभामुखको कुर्सीले महिला खोजिरहेको छ ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार