Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौंको विकास गर्नका लागि यहाँको स्थायी बासिन्दा नै प्रधानमन्त्री हुनुपर्ने हो ?

    काठमाडौंको विकास गर्नका लागि यहाँको स्थायी बासिन्दा नै प्रधानमन्त्री हुनुपर्ने हो ?

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउन सरकारको ध्यान नगएको बताएका छन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले काठमाडौं विकास गर्नका लागि यहाँको स्थायी बासिन्दा नै प्रधानमन्त्री र महत्त्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरेका हुन् ।



    उनले देशको राजधानी बस्नयोग्य बनाउन योजना आए पनि त्यस्ता योजना कार्यान्वयनमा जान नसक्दा समस्या उत्पन्न भएको बताएका छन् ।



    ‘काठमाडौं देशको राजधानी हो । मैले पटकपटक यो कुरा उठाइरहेको छु । अहिले राजधानीका विषयमा, यहाँका विकासका कुरामा, यातायातलाई व्यवस्थित गर्नका लागि अहिले पनि आएको छ । फ्लाइओभर राख्ने, अन्डरपास बनाउने कुराहरू निरन्तर रुपमा आइरहेको छ । तर यो कार्यान्वयनमा जान सकिरहेको छैन । एउटा समस्या त्यहाँ छ,’ उनले भने, ‘देशको राजधानी भनेको अनुहार हो । सबैले पहिला हेर्ने भनेको राजधानी हो । राजधानीमा आइसकेपछि शहरको सुन्दरता, यहाँको व्यवस्थापन, यहाँको वातावरण सबै कुरा हेरेर कसैले देशको अवस्था कस्तो रहेछ भनेर मनस्थिति बनाएको हुन्छ ।’

    राजधानीलाई बनाउनका लागि यहीँ जन्मिएर हुर्किएको मान्छे र राजधानीकै स्थायीवासी प्रधानमन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार