काठमाडौं । दुई महिना पछि रोल्पामा एक युवकको शव फेला परेको छ ।रोल्पा नगरपालिका–१० धाङसी बस्ने राजकुमार रोकाका १८ वर्षीय छोरा भगवती रोका मगरको शव फेला परेको हो ।
रोल्पाका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक थम्मन बिसीका अनुसार उनी २०७८ चैत्र २४ गते घरबाट हिँडेका थिए ।
धेरै दिन सम्म घरमा नफर्किए पछि परिवारजनले वैशाख महिनामा खोज तलास गरी पाउँ भनी प्रहरीमा उजुरी दिएका थिए ।
सोही अनुरूप खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–९ स्थित सुनप्रकाश बुढाको खाली गोठमा निजको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बिसीले बताए ।
Leave a Reply