काठमाडौं । कपिलवबस्तुकी एक किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रूपन्देहीको कन्चन गाउँपालिकाका ६ जना युवालाई पक्राउ गरेको छ।
मङ्गलवार राती ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण गरि जर्वजस्ती करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा घटनामा संलग्न कञ्चन गाउँपालिका ५ का नीरज कार्की, वडा नम्बर ४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
रुपन्देही कन्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाए पछि प्रहरीले राती देखी खोजतलास जारी गरेको थियो ।
अपहरण पछि कञ्चन गाउँपालिका ३ मा बालिकाको बलात्कार भएको प्रहरीले जनाएको छ । उनीहरु माथि थप कारवाही अघि बढाइएको छ ।
Leave a Reply