एजेन्सी । उत्तर कोरियामा कोरोना महामारीको संकट गहिरिएको हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अनुमान गरेको छ ।
डब्लूएचओका आपतकालीन निर्देशक माइकल रायनले उत्तर कोरियाको अवस्था राम्रोभन्दा पनि झन् बिग्रिएको हुनसक्ने बताए।
यद्यपि, त्यहाँको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएकोले यकिन बताउन नसकिने उनको भनाइ छ।
१२ मेमा कोभिडको पहिलो केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता नै कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो। सरकारी सञ्चार माध्यम केसीएनले संक्रमणका घटनामा कमी आएको दाबी गरेको थियो।
Leave a Reply