Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एक्याप क्षेत्र पनि विवादमा

    तस्करलाई लकडाउन स्वर्ग : प्रहरीसँगको मिलेमतोमा पोखरामा ढुंगा तस्करी

    तस्करलाई लकडाउन स्वर्ग : प्रहरीसँगको मिलेमतोमा पोखरामा ढुंगा तस्करी

    यदुनाथ बन्जरा
  • बुधबार, ३१ बैशाख २०७७
  • 4.6K
    SHARES

    कास्की।  कोरोना महामारीका कारण जारी लकडाउनमा धेरैलाई भोक र रोगबाट कसरी जोगिने भन्ने पिर भइरहँदा कतिपय व्यक्ति भने राष्ट्रिय वन क्षेत्रमा ढुंगा खानी उत्खनन् र तस्करी गर्दै कुस्त कमाउ धन्दामा लागेको पाइएको छ ।

    नेपालमा कोरोनाका कारण २०७६ चैत्र ११ गतेबाट लकडाउन सुरु भई अहिलेसम्म चलिरहेको छ । यो वीचमा केहि व्यक्तिलाई भने स्वर्ग सावित भएको छ । कमाउने र रमाउने स्वार्थ वोकेको व्यक्तिहरु जसले सरकारको ध्यान कोभिड–१९ नियन्त्रणमा केन्द्रित भएका वेला केहि व्यक्तिहरुले राष्ट्रिय वन विनास गर्ने देखि वन क्षेत्रमा ढुंगा खानी चलाएर लाखौं कमाउने धन्दामा लागेको भेटिएको छ ।



    वन्यजन्तु चोरी सिकारी, काठ तस्करीका खवर विभिन्न जिल्ला जिल्लाबाट सार्वजनिक भइरहँदा कास्की पनि त्यस्ता अवैध धन्दाको सूचिबाट मुक्त हुन सकेको छैन ।
    पोखरा महानगर पालिका वार्ड नं. १९ जहाँ चैत्रको पहिलो साता घार्मीको गुँरास पानी गाउँमा रहेको भुमेपुज्ने तिस ढुंगे सामुदायिक वन सँगै जोडिएको पर्ती जग्गामा रहेका कविर ५ सय रुख वुटाहरु एक हप्ताभित्र सोत्तर पारेर ढालिएको थियो ।



    नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनारको अगुवाई र संलग्नतामा डाँडै सखाप पार्ने गरी वन फाँडिए पछि हाल डिभिजन वन कार्यालय कास्कीले विस्तृत अनुसन्धान कार्य अगाडि वढाएको छ । दुई हप्ता सम्म अड्काएर जिल्ला प्रशासन कार्यालय कास्कीले अनुसन्धान अधिकृतलाई नियुक्ति पत्र दिएपछि विस्तृत अनुसन्धानको वाटो खुलेको छ ।

    घार्मी वन फडाँनी प्रकरणको अनुसन्धान सुरु हुँदा नहुँदै पोखरा १९ नम्वर वडाको पुरञ्चौरको माथिल्लो भेगमा पर्ने जंगल क्षेत्रमा ढुंगा खानी संचालन गर्ने गिरोह सकृय रहेको रहस्योद्घाटन भएको छ ।

    पोखरा महानगर वडा नं. १९ र माछापुच्छ्रे गाउपालिका(गापा) वडा नं. २ को सिमानामा पर्ने पैंयू खोलाको वन क्षेत्रमा ढुंगा खानी संचालन गर्दै त्यहाँ बाट उत्खनन् गरिएका ढुंगा पिस कटिङ र छपनि कटिङ गरी पोखरामा विक्री कारोवार गर्दै गर्दा डिभिजन वन कार्यालय कास्कीले सूचना पाइ घटना स्थल पुग्दा खानी संचालक र ढुवानी कर्ता ढुंगा वाटोमै खन्याई फरार भएका थिए।

    एक्याप क्षेत्र पनि विवादमा
    महानगरको वडा नं.१९ को वनक्षेत्रमा खानी उत्खनन् गर्ने र उत्खनित ढुंगा माछापुच्छ्रे गाउपालिका (गापा )वडा नं. २ हुँदै सञ्चय र निकासी गर्ने गरेको वन कार्यालय कास्कीले वताएको छ ।

    वनको टोली पुग्दा पुरुञ्चौर तर्फ खानी मात्र देखिएको तर उत्खनित माल वस्तु माछापुच्छ्रे गाउपालिका २ मा राखिएको पाइएपछि सो को वरामदी मुचुल्का गराई थप अनुसन्धानका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पढाइएको डिभिजन वन कार्यालय कास्की पोखराले वताएको छ ।

    वरामद भएको क्षेत्र एक्याप अन्तर्गत पर्ने भएकोले त्यसतर्फ पठाइएको डिएफओ रामकाजी श्रेष्ठले वताए । पुरुञ्चौरतर्फको वन क्षेत्रमा रहेको अवैध ढुंगा खानी वारेमा डिभिजन वन कार्यालयले छुट्टै अनुसन्धान गर्ने डिएफओ श्रेष्ठले वताएका छन् ।

    वन ऐन विपरित कार्य गर्नेको पहिचान गरी कानून वमोजिम कारवाही गरिने पनि श्रेष्ठले वताए । अवैध खानी संचालन गर्नेको पहिचान नजिक पुगेको र केहि दिन भित्रै कानूनी प्रकृया पु-याई छानविन अगाडि वढाइने पनि उनले वताए ।

    एक्याप क्षेत्र र पुरुञ्चौर सिमामा काम गर्ने व्यक्ति र ओसार पसार गर्ने सवारीको नम्वर पहिचान खुलीसकेकोले दुवै क्षेत्रमा अवैध कार्य गर्नेलाई प्रचलित ऐन वमोजिम कारवाही गरिने निश्चित रहेको खुलाइएको छ । एक्यापको क्षेत्र माछापुच्छ्रे २ मा ढुगा खानी कटिङ उद्योग र निकासी (तस्करी)गर्ने विरुद्ध अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय वाट अनुसन्धान तथा कारवाही गरिने जनाइएको छ ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुख्यालयका सूचना अधिकारी ऋषि वरालका अनुसार डिभिजन वन कार्यालय कास्कीबाट एक्याप क्षेत्रमा ढुंगा खानी र तस्करी भएको वारे मुचुल्का प्राप्त भई विस्तृत अनुसन्धान कार्य अगाडि वढेको छ ।

    वरालले भने -‘कानूनले निर्दिष्ट गरे वमोजिम संरक्षण क्षेत्र सम्पर्क कार्यालयका संरक्षण अधिकृत अमृत शर्मालाई अनुसन्धान अधिकारी नियुक्त गरी अनुसन्धान अगाडि वढाइएको छ ।’ अनुसन्धान अधिकृतले पुरा अनुसन्धान गर्ने र सरकारी वकिल मार्फत अभियोजन तयार गरी मुद्धा दर्ता गरिने प्रावधान रहेको छ ।

    तहकिकातका लागि तोकिएका अनुसन्धान अधिकारी अमृत शर्मा एक्याप क्षेत्रमा कानूनले तोकिए भन्दा वाहेकका कार्य गर्न नहुने वताउँछन् । ढुंगा खानी संचालन तथा निकासी प्रकरणमा दोषी पाइए विगो वापतको समान जफत गरी कायम हुन आएको विगोको दोव्वर जरिवाना र कैद सजाय सम्म हुन सक्ने वताउँछन् ।

    उक्त भेग अन्तर्गत पर्ने एक्याप कार्यालय ल्वाङका प्रमुख याम बहादुर गुरुङ माछापुच्छ्रे २ नम्वर वडामा घटेको घटना सम्वन्धमा युनिट र सिएमसी मार्फत जानकारी भई ध्यानाकर्षण भएको वताउँछन् ।

    यता माछापुच्छ्रे गापा २ का वडा अध्यक्ष विक्रम गुरुङ कानूनका जानकारी नपाएर खानी उत्खनन् तथा ओसार पसार भएको हुन सक्ने वताउँछन् ।

    वनले स्थलगत मुचुल्का गर्दा सहि गर्न नमानेका वडा अध्यक्ष गुरुङले वनका कर्मचारीको रुखो व्यवहारबाट चित्त नवुझेको वताउँछन् । आफ्नै वडामा भएको ढुंगा खानी र ओसार पसार भइरहेको वारे राज्यका निकायले छानविन गरिरहेको वताए ।

    गुरुङले नागरिकलाई कानूनको वारेमा चेतना दिन जरुरी रहेको वताउँदै गाउँपालिका मा कानून अधिकृत नियुक्त गर्न जरुरी रहेको उनले औल्याए ।

    सार्दीखोलामा रहेको प्रहरीले अवैध खानी रोक्न, तस्करी नियन्त्रण गर्न सहयोग नगरेको वन कार्यालयका कर्मचारीहरुले वताएका छन् । वडा प्रहरी कार्यालय वगर मातहत रहने गरी सार्दीखोला प्रहरी चौकी स्थापित गरिएको छ ।

    उक्त चौकीमा रहेका प्रहरीले वन क्षेत्र र एक्याप क्षेत्रबाट हुने ढुंगा तस्करी नियन्त्रणमा सरकार लाई भन्दा तस्करलाई सहयोग गरेको डिभिजन वन कार्यालय कास्कीले वताएको छ ।

    अवैध ओसार पसारमा संलग्न ट्याक्टरलाई पक्राउ गर्नु पर्ने ठाउँमा पूर्व सूचना दिएर ढुंगा वाटैमा अनलोड गरेर भगाउने कार्य प्रहरीबाट गरिएको वुझिन आएको छ ।

    वनले सूचना पाएर पक्राउ गर्न जाँदा ग १ त ६१९२, ग १ त ३२०२ सहितका ४ बटा ट्याक्टर खाली गरेर भगाइएका कारण ढुंगा रंगेहात पक्राउ गर्न नसकिएको वन कार्यालयले गुनासो गरिएको छ । यस वारेमा सार्दिखोला प्रहरी चौकी इञ्चार्ज सई भट्टराम गुरुङ सँग प्रतिकया लिन खोज्दा सम्पर्क हुन सकेन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार