Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • चिनी मिल सञ्चालन भए एउटा घर सरकारको नाममा पास गरिदिने सांसद श्रीवास्तवको घोषणा

    चिनी मिल सञ्चालन भए एउटा घर सरकारको नाममा पास गरिदिने सांसद श्रीवास्तवको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 858
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद विमलप्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन्।

    बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताए।



    आगामी आर्थिक वर्षभित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरे।



    उनले घरको अलावा सो घर बेच्दा आउने रकम सहयोग गर्ने उल्लेख गरे।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार