काठमाडौं । सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा. अञ्जु गुरूङलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बिदा नलिई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी डाक्टर गुरूङलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
डाक्टर गुरूङ गत चैत १ गतेदेखि कार्यालयमा अनुपस्थित छिन् । बिना सूचना लामो समयदेखि अनुपस्थित रहेको, सम्पर्क स्थापित गर्न नसकिएको र पदीय जिम्मेवारी तथा आचरणविपरीत कार्य गरेको देखिएकोले उनलाई सेवाबाट हटाउने तयारी गरिएको गृह मन्त्रालयबाट जारी सूचनामा उल्लेख छ ।
उनी मोरङको केराबारी घर भई एपिएफ अस्पताल बलम्बु काठमाडौंमा कार्यरत थिइन् । भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी गुरूङलाई सेवाबाट हटाउने गृह मन्त्रालयको तयारी छ ।
विभागीय कारबाही गर्न नपर्ने कारण भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न सूचना प्रकाशित गरिएको छ ।
Leave a Reply