Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ‘प्रहरी हौँ’ भन्दै लुटपाट गर्ने तीन जना पक्राउ

    ‘प्रहरी हौँ’ भन्दै लुटपाट गर्ने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय सरोज कामी (विसी), सोही स्थानका ३१ वर्षीय राम भगत शाही र २७ वर्षीय शिव शाही रहेका छन्।

    बुधवार राति साढे १२ वजे काठमाडौंको चन्द्रागिरी नगरपालिका ४ पानिघाटस्थित जंगलमा काठमाडौंबाट मकवानपुरतर्फ गइरहेको प्र ३-०१-२३ च ११०९ नम्बरको एम्बुलेन्स जबर्जस्ती रोकेर लुटपाट गरेकाे अाराेपमा उनीहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले ३३ हजार ८९५ रुपैयाँ नगद तथा विभिन्न कम्पनीका मोबाइलहरू ६ वटा समेत बरामद गरेको छ।



    महानगरीय प्रहरी बृत थानकोटबाट गणेशमान मार्गमा खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न तीन जनालाई घटनामा प्रयोग भएको २ वटा मोटरसाईकलहरू (प्रदेश ३-०२-००३ प ४७७७ र बा ७१ प ६९४५ नम्बरको)सहित पक्राउ गरेको हो।



    उनीहरूले गणेशमान मार्गमा पर्ने चित्लाङ सडक खण्डमा तरकारी ढुवानी गर्ने बा ४ ख ९९० नम्बर को आइसर तथा ग १ च ७६३३ नम्बर को बोलेरोमा सवार चालकहरूलाई समेत आफूहरू सादा पोशाकका प्रहरी भनी कुटपिट तथा लुटपाट गरेको खुलेको छ। ‘सादा पोशाकका प्रहरी हौँ’ भन्दै उनीहरूले लुटपाटलाइ गरेका थिए। पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार