Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अभिनेत्री मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

    अभिनेत्री मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामा रिहा भएका छन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द प्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । लामासँग ३ हजार धरौटी माग भएको छ ।



    आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी९४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो ।



    मिरुनाको मौखिक उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनापछि उनको रिहाइ र मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार