एजेन्सी । पञ्जाबी गायक तथा र्यापर सिद्धु मुसेवालाको पोस्टमार्टमका क्रममा उनको शरीरमा २५ वटा गोलीका निशानहरू भेटिएको पत्ता लागेको छ ।
पञ्जाबी गायकको छाती र पेटमा सबैभन्दा बढी गोली लागेको छ भने दाहिने खुट्टामा दुईवटा गोली लागेको एक अधिकारीले बताए ।
यस्तै एउटा गोली टाउकोको हड्डीमा गएर फसेको जानकारीमा उल्लेख छ । हमलाकर्ताले करिब ३० राउन्ड फायर गरेका थिए ।
पञ्जाबको भगवन्त मान सरकारले हत्याको न्यायिक जाँचको जिम्मेवारी पञ्जाब र हरियाणा उच्च न्यायालयका एक न्यायाधीशलाई सुम्पेको छ ।
Leave a Reply