Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टियो, उडान अवरुद्ध

    पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टियो, उडान अवरुद्ध

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल् तस्विर

    काठमाडौं । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ गाडी पल्टिँदा उडान अवरुद्ध भएको छ ।

    मंगलबार बिहान बुद्ध एयरका लागि तेल हाल्न जानेक्रममा विमानस्थलमै ‘रिफ्युलर’ गाडी पल्टिएको हो ।



    आयल निगमको डिपोबाट विमानस्थल आउने क्रममा विमानस्थल परिसरभित्र हवाईजहाजमा इन्धन भर्ने ट्यांकर गाडी पल्टिएको पोखरा विमानस्थल स्रोतले जनाएको छ ।



    ट्यांकर पल्टिदा पोखरामा हुने बिहानका उडानहरू अवरुद्ध भएका हुन् । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार