Online Nepal
  • बुधबार, १० पुष २०८१
  • १० वटा शव भने दुर्घटनास्थलमै

    विमान दुर्घटना अपडेट : १० जनाको शव काठमाडौं ल्याइयो

    विमान दुर्घटना अपडेट : १० जनाको शव काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव पोखरा हुँदै काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत् १० जनाको शव काठमाडौं ल्याइएको हो ।

    यसअघि सुरक्षाकर्मीको टोलीले दुर्घटनास्थलबाट १० जनाको शव मुस्ताङको कोबाङसम्म बोकेर ल्याएका थिए । कोबाङबाट सेनाको हलिकोप्टरमार्फत् शव पोखरा ल्याइएको थियो।



    पोखराबाट शव काठमाडौं ल्याइएको हो । बाँकी १० वटा शव भने दुर्घटनास्थलमै छन् । मौसम खराबीको कारण अरु शव ल्याउन नसकिएको सेनाले जनाएको छ ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका शव अब त्रिवि शिक्षण अस्पतालमा लगिने छ। त्यहाँ पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइने छ।

    एउटा शव अझै फेला परेको छैन। अर्को देखिए पनि माथि निकाल्न बाँकी छ। १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित विमानमा २२ जना सवार रहेकामा सोमबार साँझसम्म २१ जनाको शव भेटिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार