Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्यसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा 

    वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्यसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा 

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    दैलेख । आठविस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्य सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्या दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठविस नगरपालिका- ८ का वडा अध्यक्ष तथा गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्ति प्रसाद उपाध्याय, व्यवस्थापन समितिका अध्यक्ष सन्तक बहादुर कामी र विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव अनिल कुमार शाही विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।



    उनिहरुले सामान खरिद गर्ने भनी विद्यालयले रकम हिनामिना गर्ने उद्देश्यले नक्कली बिल बनाएर भर्पाइ गरेको पाइएको छ ।



    साथै आठबिस नगरपालिका ८ को कार्यालयबाट हुँदै नभएको कामलाई कार्य सम्पन्न भएको भनी सिफारिससमेत गरी रकम भुक्तानीको लागि नगर कार्यपालिकाको कार्यालय, दैलेखमा ४ लाख ९८ हजार रकम भुक्तानी लिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार