काठमाडौं । कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ ।
निजगढ विमानस्ल निर्माण नगर्न सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले आदेश दिएको थियो ।
तर आइतबार बसेको समिति बैठकले कानुनी बाधा हटाएर विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन समितिको बैठकले निर्णय गरेको छ ।
Leave a Reply