Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभामा टेबल, बजेटमाथि तीन दिन छलफल हुने

    आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभामा टेबल, बजेटमाथि तीन दिन छलफल हुने

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट टेबल भएको छ ।

    आज बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट टेबल गरेका हुन् ।



    सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि सैद्धान्तिक छलफल गर्न र त्यस क्रममा उठेका प्रश्नको मन्त्रीले दिने जवाफका लागि यही जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।



    अर्थमन्त्री शर्माले पहिलो बैठकमा १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ १७ गते बिहान ११ बजे बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार