Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • सरकारले ल्याएको बजेट कार्यान्वयन हुन सक्दैन : एमाले नेता अधिकारी

    सरकारले ल्याएको बजेट कार्यान्वयन हुन सक्दैन : एमाले नेता अधिकारी

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले वित्तिय अनुशासन कायम गर्न नसकेको बताएका छन् ।

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा बजेट पेस गरेपछि प्रतिक्रिया दिँदै नेता अधिकारीले सो कुरा बताएका हुन् ।



    उनले आर्थिक वर्ष २०७९/८०का लागि सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने समेत दाबी गरे । बजेटको कुनै विश्वसनियता नभएको भन्दै कार्यान्वयन गर्न नल्याइएको उनको भनाई छ ।



    स्वास्थ्य बिमा कार्यक्रम अहिले निजी क्षेत्रलाई दिएर गम्भीर खेलवाड गरेको भन्दै उनले कुनै पनि कुरामा सरकारले सम्बोधन गर्न सकेको नदेखिएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार