काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् ।
बजेट प्रस्तुत भइसकेपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘अब म पनि ६८ वर्षको भएँ, मैले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएँ,’उनले भने,’गरीब देशको नागरिक भएको हुनाले म आफूले लिने सामाजिक सुरक्षा भत्ता लिन्नँ ।’
सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षकै उमेरदेखि सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ ।
Leave a Reply