Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बाक्लो हुस्सु र हिउँ पर्न थालेपछि सम्पर्कविहीन जहाजको खोजी कार्य स्थगित

    बाक्लो हुस्सु र हिउँ पर्न थालेपछि सम्पर्कविहीन जहाजको खोजी कार्य स्थगित

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य स्थगित भएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भएको हो ।

    ८ घण्टादेखि सम्पर्कविहीन जहाजको खोजी कार्यको लागि हेलिकोप्टर मार्फत् र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको छ ।



    तर, सम्भावित क्षेत्रमा बाक्लो हुस्सु र हिउँ पर्न थालेपछि आजको लागि खोजी कार्य रोकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।



    भोलि मौसम प्रतिकूलताको आधारमा खोजी कार्यमा टोली परिचालन हुने उनले बताए । आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो । चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरूको अवस्था अज्ञात रहेको छ ।

    मुस्ताङको मानापाथी हिमाल फेदमा रहेको आशंकामा नेपाली सेना, नेपाल प्रहरी र यति एयरको उद्धार टोली त्यसतर्फ परिचालन गरिएको थियो ।

    तर, आजलाई थप उद्धार कार्य गर्न सम्भावना नरहेको भन्दै टोली फिर्ता हुन लागेको सीडीओ शर्माले बताए । जहाजको खोजी कार्यका लागि नेपाली सेनाको ८२ जनाको टोली खटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार