Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • छोरी बेच्न नदिएको भन्दै श्रीमतीको हत्या

    छोरी बेच्न नदिएको भन्दै श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    प्रतिकात्मक तस्विर

    एजेन्सी । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् ।

    पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् ।



    श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ ।



    बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई रु एक लाखमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन् । यसअघि पनि भिनाजु जुल्फिकारले आफ्नी दुई छोरीलाई बेचेको उनले प्रहरीलाई जानकारी दिएका छन् ।

    बबली जसकानीका भाइ मुनव्वरले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो । हत्याको छानबिन शीघ्र शुरु हुने प्रहरीले जनाएको छ । सेहवान अस्पतालमा पोष्टमार्टमपछि बबली जसकानीको शव आफन्तलाई बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार