Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • संसद सचिवालयमा यौन हिंसाका मुद्दामा हदम्याद बढाउन विधेयक दर्ता

    संसद सचिवालयमा यौन हिंसाका मुद्दामा हदम्याद बढाउन विधेयक दर्ता

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 927
    SHARES

    काठमाडां । संसद सचिवालयमा यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक दर्ता भएको छ ।

    यौन हिंसाका मुद्धामा पीडितले उजुरी गर्ने हदम्याद बढाउनुपर्ने चौतर्फी आवाज उठेका बेला सरकारले उक्त विधेयक दर्ता गरेको हो ।



    कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्धामा हदम्याद बढाउने सम्बन्धी विधेयक आइतबार दर्ता गराएका संसद सचिवालयले जनाएको छ ।



    मुलुकी अपराध संहितामा हाडनाता करणी र नाबालकमाथिको बलात्कारबाहेक अरु बलात्कार तथा यौन हिंसाको मुद्दामा पीडितले उजुरी गर्न पाउने हदम्याद एक वर्ष तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार