Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • संसदलाई पटक-पटक विघटन गरी मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास भयो : माधव नेपाल

    संसदलाई पटक-पटक विघटन गरी मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास भयो : माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 945
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका छन् ।

    १५औं गणतन्त्र दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएपनि जनताको जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन नसकेको बताएका छन्।



    अर्कोतर्फ यही व्यवस्थाको माध्यमबाट शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी प्रवृत्ति, निरंकुश तरिका र अहंकारी व्यवहार तथा भ्रष्ट आचरण देखिनु दुःखद पक्ष रहेको बताएका छन्।



    ‘गत वर्ष सार्वभौम जनताको प्रतिनिधित्व हुने प्रतिनिधि सभालाई पटक-पटक विघटन गरी मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयासलाई जनताले असफल बनाएका थिए’, नेपालले भनेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार