Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • आगामी वर्षको बजेट आइतबार ४ बजे प्रस्तुत हुने

    आगामी वर्षको बजेट आइतबार ४ बजे प्रस्तुत हुने

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 831
    SHARES

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ ।

    संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् ।



    बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् ।



    अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार