काठमाडौं । टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चले सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको आदेशको स्वागत गर्दै दीप प्रज्जवलन गरेको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै समाजले अदालतको पछिल्लो फैसला स्वागतयोग्य रहेको भन्दै दीप प्रज्जवलन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल पर्यावरण संरक्षण तथा सम्वर्द्धन संघका अध्यक्ष सुदर्शन प्रधानले निजगढमा विमानस्थल बनाउन नहुने भनेर आफूहरूले अघि सारेको माग र आवाज आज आएर पूरा भएको बताए ।
सर्वोच्चको पछिल्लो फैसलाले वातावरणको संरक्षण भएको उनको भनाई छ ।
Leave a Reply