काठमाडौँ। पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले लिपुलेक र कालापानीको नक्सासहितको पुस्तक तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ओलीले राष्ट्रियताबारे लामो ब्याख्या दिए पनि विगतमा आफैं प्रधानमन्त्री हुँदा लिपुलेक र कालापानीसम्बन्धी पुस्तक सार्वजनिक गर्न रोक लगाएको बताएका हुन् ।
ओली प्रधानमन्त्री हुँदा पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए ।
नेता पोखरेलले राष्ट्रियता र कुटनीतिलाई राजनीतिक दाउपेचको विषय बनाउन नहुने बताए ।
Leave a Reply