एजेन्सी। भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा ७ सैनिकको मृत्यु भएको छ छ भने १९ जना गम्भीर घाइते भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार सेनाका प्रवक्ताले लद्दाखको परतापुरस्थित ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सबसेक्टर हनिफतर्फ गइरहेको बताएका छन् । बाटोमा कार सडकबाट चिप्लिएर श्योक नदीमा खसेको थियो ।
यो नदीको गहिराई करिब ५० देखि ६० फिट रहेको छ । तीमध्ये सात जनाको मृत्यु भइसकेको छ । १९ सैनिक गम्भीर घाइते भएका छन् । श्योक नदी लद्दाखको तुर्तुकमा छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
शोक व्यक्त गर्दै मोदीले लेखेका छन्, ‘लद्दाखमा भएको बस दुर्घटनामा सेनाका जवानको मृत्युबाट धेरै दुःखी छु। यी बहादुर सिपाहीहरूको परिवारलाई मेरो समवेदना ! घाइते सैनिकहरू चाँडै निको होस् भन्ने कामना गर्दछु। आवश्यक सबै सहयोग उपलब्ध गराइनेछ।’
Leave a Reply