Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र सव इन्जिनियर सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट, देवराज जोशी, तत्कारीन इन्जिनियर पुर्ण कुवर, तत्कारीन सव इन्जिनियर भक्तराज जोशी, ल्याव टेक्निसियन धन बहादुर विष्ट र निमार्ण व्यवसायी सन्तोष जोशी विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।



    उनिहरुले १३ वटा सडकमा मापदण्डविपरीत निर्माण कार्य गरेको आयोगको ठहर छ ।



    बिष्ट र जोशीले प्राबिधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाई हानिनोक्सानीमा संलग्न रहेको, इन्जिनियर र सबइन्जिनियरले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्‍कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको बताइएको छ ।

    उनिहरुविरुद्ध आयोग ऐन,२०४८ को दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार