काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहको विजय र्याली सुरु भएको छ । मतगणनास्थल सभागृहबाट र्याली सुरु भएको हो ।
राष्ट्रिय सभागृह प्रदर्शनी मार्गबाट सुरु भएको धन्यवाद र्यालीले भद्रकाली, माइतीघर मण्डला, नयाँ बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै चक्रपथ परिक्रमा गर्नेछ । यस्तै, चक्रपथ परिक्रमा पछि कलङ्कीबाट कालीमाटी, टेकु, सुन्धार हुँदै र्याली खुलामञ्च पुगेर सभामा परिणत हुनेछ । र्यालीका कारण यी ठाउँमा गाडीको चाप बढ्ने भएको छ ।
निर्वाचन आयोगले मेयरमा विजयी भएको औपचारिक घोषणा गरेपछि धन्यवाद र्याली सुरु भएको हो । शाहले आफूलाई मत दिने सबैलाई धन्यवाद दिँदै काठमाडौं महानगरपालिकाकाका मतदातालाई परिवारका रुपमा लिएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।
वैशाख ३० गते भएको चुनावमा शाहले ६१ हजार ७ सय ६६ मतसहित विजयी भएका हुन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल ६८ हजार ६१२ मत ल्याएर विजयी भइन् ।
Leave a Reply