Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • आगोले जलेकी बिरामीलाई छाडेर फर्कियो बुद्ध एयर

    आगोले जलेकी बिरामीलाई छाडेर फर्कियो बुद्ध एयर

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुद्ध एयरले आगोले जलेर घाइते भएकी महिलालाई नलिई काठमाडौं फर्किएको छ । बुधबार धनगढीबाट काठमाडौं थप उपचारका लागि आउने तयारीमा रहेकी बाजुराकी २३ वर्षीया लोकसरी कुँवरलाई बुद्ध एयर लिन नमानेको हो ।

    बुधबार राति ७ः२५ बजेको फ्लाइटमार्फत थप उपचारका लागि काठमाडौं पठाउन लागिएको थियो । तर, राति ९ बजेतिर काठमाडौंबाट धनगढी पुगेको बुद्ध एयरको उडान नम्बर २५६ को विमान लोकसरीलाई नलिइ फर्किएको हो ।



    बाजुराको बुढीगंगा नगरपालिका-१० की लोकसरी ३ जेठमा घरमा काम गर्ने क्रममा आगोले जलेकी थिइन् । अछामको बयलपाटा अस्पतालमा उपचार गराइरहेकी उनलाई थप उपचारका लागि पाटन अस्पताल पठाउन खोजिएको थियो । त्यसका लागि उनलाई बयलपाटा अस्पतालबाट धनगढी पुर्‍याइएको थियो।



    उनलाई बुद्ध एयरका कर्मचारी मात्र नभएर पाइलटले समेत लैजान नमिल्ने बताएका थिए । त्यसपछि उनलाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो । यसरी गम्भीर विरामीलाई छाडेर गएकोप्रति सामाजिक सञ्जालमा बुद्ध एयरको आलोचना भइरहेको छ । चर्को आलोचना सुरू भएपछि बुद्ध एयरले प्रस्टीकरण दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार