Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई पनि कोरोना संक्रमण, अस्पताल भर्ना

    रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई पनि कोरोना संक्रमण, अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पोस्कोभ पनि कोरोना भाइरसबाट संक्रमित देखिएपछि अस्पतालमा भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ५२ वर्षीय पेस्कोभ राजधानी मस्कोस्थित एक अस्पतालमा भर्ना भएका हुन् ।

    सन् २००८ देखि पुटिनको प्रवक्ताको रूपमा कार्यरत पोस्कोभ अप्रिल ३० यता पुटिनसँग देखिएका थिएनन् । त्यसयता उनी पुटिनसँग भिडियो कन्फरेन्समार्फत सम्पर्कमा रहेको बताइएको छ ।



    संक्रमित संख्याका आधारमा अमेरिका र स्पेनपछि सबैभन्दा धेरै प्रभावित भएको रूसमा अहिलेसम्म २ लाख ३२ हजार २४३ जना संक्रमित भएका छन् । त्यहाँ २ हजार ११६ जनाको मृत्यु भएको छ भने एक साता यता दैनिक १० हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।



    चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार