Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • काठमाडौं महानगर : बालेन शाहले कटाए ५९ हजार मत, अब ३ वडाको गणना बाँकी

    काठमाडौं महानगर : बालेन शाहले कटाए ५९ हजार मत, अब ३ वडाको गणना बाँकी

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मत गणना जारी छ । हालसम्म कुल १ लाख ८३ हजार ६७९ मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमै छन् ।

    नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन् । बालेन शाह ५९ हजार १४९ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत पाइन् ।



    एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् । चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गरे ।



    यस्तै, उपमेयरमा भने एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाएकी छन् । उनले अहिलेसम्म ६६ हजार ८ सय ७८ मत प्राप्त गरिन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाए ।

    हालसम्म २९ वटा वडाको मतगणना सकिएको छ । भने वडा नम्बर १४, १५ र १६ बाहेक सबै वडाको मत गणना सकिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार