Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • क्वारेन्टाइनमा राखिएका १३ सयभन्दा बढी आप्रवासी पक्राउ

    क्वारेन्टाइनमा राखिएका १३ सयभन्दा बढी आप्रवासी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.4K
    SHARES

    काठमाडौं – विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का सम्भावित संक्रमित ठानिएका १३ सयभन्दा बढी आप्रवासी कामदारलाई मेलेसिया प्रहरीले पक्राउ गरेको छ ।

    मलेसिया सेलायाङ बजारबाट ९८ बालबालिकासहित १ हजार ३ सय ६८ जना अवैध आप्रवासी कामदालाई पक्राउ गरिएको हो । उक्त परीक्षणमा संक्रमण देखिएकालाई अस्पताल भर्ना गरिए पनि बाँकीलाई क्वारेन्टाइनमा राखिएको थियो । पक्राउ पर्नेमा म्यानमारका नागरिक ७ सय ९०, इन्डोनेसियाली ४ सय २१ , बंगलादेशी ७८, भारतीय ५४ र पाकिस्तानी ६ जना रहेका छन ।



    उनीहरूलाई मलेसियन अध्यागमन कानुन अनुसार कारवाही गरिने मलेसियन अध्यागमन विभागका महानिर्देशक खैरुल डिजाइम दाउडले जानकारी दिएका छन् । केही साताअघि सेलायाङ बजारमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ घेराबन्दी गरेर विदेशी नागरिक लगायत स्थानीयवासीको पनि कोरोना जाँच गरिएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार