Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बिदेश पठाई दिन्छु भन्दै २५ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

    बिदेश पठाई दिन्छु भन्दै २५ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौंमा ‘टिपिकल क्लोथिङ् एण्ड क्राफ्ट स्टोर’ नामक व्यवसायिक कम्पनी दर्ता गरी बिदेश पठाई दिन्छु भनि ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    चितवनको भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भई टोखा नगरपालिका-८ बस्ने सुजनराज पाण्डे पक्राउ परेका हुन् ।



    यूरोपको जुनसुकै देशमा गएर व्यापार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत बनाई उनले २५ लाख ठगी गरेको भन्ने पिडितको निबेदन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भएको थियो ।



    सोही आधारमा कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले मंगलबार पाण्डेलाई बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार