Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • नीति तथा कार्यक्रम परम्परागत छ, कुनै नयाँ कुरा छैन : योगेश भट्टराई

    नीति तथा कार्यक्रम परम्परागत छ, कुनै नयाँ कुरा छैन : योगेश भट्टराई

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रम सपना र गन्तव्यविहीन भएको बताएका छन् ।

    संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले नीति तथा कार्यक्रम उद्देश्यहीन रहेको प्रतिक्रिया दिएका हुन् ।



    ‘नीति तथा कार्यक्रम परम्परागत छ । कुनै नयाँ कुरा छैन । कुनै नयाँ सपना छैन । सिंगो मुलुकलाई अपिल गर्ने त्यस्तो योजना छैन,’उनले भने,’कुनै सपना पनि दिएको छैन । सपनाविहीन, उद्देश्यविहीन, यथास्थितिवादी ।’



    भट्टराईले आसन्न आर्थिक संकटलाई सम्बोधन गर्ने गरी कुनै कार्यक्रम नआएको भन्दै यो सरकार रहेसम्म समयको बर्बादी मात्र हुने बताए । आगामी वर्ष अर्थतन्त्र डरलाग्दो संकटमा जानसक्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार