काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
कृषि उत्पादनलाई विशेष जोड दिँदै उर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासमा विशेष जोड दिएको छ । ग्रामीण सडक, यातायात, शिक्षा, स्वास्थ्यसँगै रोजगारीको मुद्दामा सरकारले नीति तथा कार्यक्रममा विशेष महत्व दिएको छ ।
नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ :
Leave a Reply