Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • आगामी वर्षदेखि चक्रपथबाहिर र भक्तपुरमा पनि मेलम्चीको पाइप विस्तार हुने

    आगामी वर्षदेखि चक्रपथबाहिर र भक्तपुरमा पनि मेलम्चीको पाइप विस्तार हुने

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आगामी वर्षदेखि काठमाडौं उपत्यकाको चक्रपथबाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरिका स्थानमा खानेपानीको पाइप बिछ्याउन थालिने भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/२०८०को नीति तथा कार्यक्रममा मेलम्ची जलाधारको भौगोलिक र नदी आकृति विज्ञानको अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरणको लागि निकायगत समन्वय गर्ने घोषणा भएको छ ।



    पानीको सतह तथा भूमिगत स्रोत संरक्षण गर्दै जनतालाई खानेपानीको आपूर्तिको दिगो व्यवस्था मिलाउने नीति लिने सरकारी योजना छ ।



    काठमाडौं उपत्यकाभित्रका जलाधार संरक्षण गर्दै खानेपानी आपूर्ति सुनिश्चित गर्न थप स्रोतको अध्ययन गरिने भएको छ । महादेव खोलामा बहुउद्देश्यीय खानेपानी आयोजनाको निर्माण कार्य प्रारम्भ गर्ने योजना छ ।

    प्रत्येक स्थानीय तहमा प्रशोधित ढलसहितको फोहर पानी व्यवस्थापन गर्ने सुविधा पुर्‍याउने नीति सरकारको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार