Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • एनआरएनए कतारले गर्‍यो नेपाली श्रमिकहरुलाई राहत वितरण

    एनआरएनए कतारले गर्‍यो नेपाली श्रमिकहरुलाई राहत वितरण

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 4.3K
    SHARES

    कतार। गैरआवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीले आज नेपाली श्रमिकहरुलाई राहत वापत खाद्यन्न हस्तान्तरण गरेको छ।

    बिश्वब्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्दै राहत बितरण गरिएको एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समिती संयोजक उत्तम गुरुङले वताए।



    राहत बितरण समितीद्वारा पाँचौ चरणमा एनसीसी कतारको श्रमिक कोषमार्फत आज कतारका विभिन्न ठाउँमा रहेका कोरोना भाइरसको समस्याबाट प्रभाबित १७ महिला र २७ पुरुष गरि जम्मा ४४ जना नेपाली श्रमिकहरुलाई राहत खाद्यन्न हस्तान्तरण गरिएको हो।



    खाद्यान्न राहत प्याकेज प्रतिब्याक्ति चामल ५ के जि, तेल १.८ लिटर, दाल १ के जि, प्याज १ के जि, आलु ३ के जि, सोयाबिन २५० ग्राम, नुन १ प्याकेज र मिक्स मसला १ प्याकेज बितरण गरिएको थियो।

    राहत बितरण कार्यक्रममा उपस्थित भएर सहयोग गर्ने आईसीसी मध्यपुर्ब संयोजक प्रबिण गुरुङ,आईसीसी सदस्य रमेश भट्ट र एनसीसी परिवारलाई एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार