Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • सिरियाली व्यापारमन्त्री बर्खास्त

    सिरियाली व्यापारमन्त्री बर्खास्त

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.2K
    SHARES

    सिरिया । सिरियाली राष्ट्रपति बसर अल असदले आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रीलाई पदबाट सोमबार बर्खास्त गरेका छन्।

    सिरियाली समाचार संस्था सानाका अनुसार राष्ट्रपतिले आन्तरिक व्यापारमन्त्री अतेफ नादाफ मन्त्रीलाई पदबाट बर्खास्त गर्दै उनको स्थानमा तलाल बाराजीलाई उक्त पदमा मनोनयन गरेका छन्



    समाचारमा राष्ट्रपतिले किन मन्त्री नादाफलाई बर्खास्त गर्नुभएको भन्नेबारे खुलाइएको छैन तर विश्लेषकहरूले उक्त निर्णय सिरियामा देखिएको खराब आर्थिक अवस्थाको पृष्टभूमिमा गरेको बताइएको छ ।



    सिरियामा पछिल्लो समय खाद्यान्न लगायतका अति आवश्यकीय सामानहरूमा समेत अत्यधिक मूल्यवृद्धि भएको र नादाफले यसलाई नियन्त्रणमा राख्न नसकेको बताइने गरिएको थियो । बाराजीले सन् २०१३ देखि सिरियाली विद्रोही समूहको प्रभाव क्षेत्र मानिने होम्स राज्यको गभर्नरका रूपमा काम गर्दै आएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार