Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा

    राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर फाइल फोटो

    काठमाडौं । ३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् ।

    स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय समिति गठन गर्ने प्रावधान संविधानमा छ । पालिकाका जनप्रतिनिधिहरूले समन्वय समिति गठन गर्नेछन् ।



    संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशमा १३ जिल्ला रहेको छ । १ सय १७ पालिकामध्ये १ सय १४ पालिकाको मतगणाना सम्पन्न भइसकेको छ । काठमाडौं, ललितपुर र भरतपुर महानगरमा मतगणना जारी छ ।



    काठमाडौंको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यस्तै, ललितपुरको प्रमुखमा नेपाली कांग्रेस र भरतपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

    अहिलेसम्मको सम्पन्न मतगणना र अग्रता लिइरहेको आधारमा हेर्ने हो भने काठमाडौं र ललितपुरमा कांग्रेसले एकल रूपमा जिसस बनाउन सक्ने बहुमत प्राप्त गरेको छ ।

    अन्य जिल्लामा गठबन्धन गरेर मात्रै जिसस गठन हुने अवस्था रहेको छ । एमाले र माओवादी केन्द्रले गठबन्धन नगरी कुनै पनि जिल्लामा एकल रूपमा जिसस गठन गर्न सक्दैनन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार